सिमरामा जेनजीमाथि कुटपिट गरेकाे आरोपमा दुईजना पक्राउ


बारा- बुधबार बाराको सिमरा चोकमा जेनजी समूहले गरेको प्रदर्शनका क्रममा कुटपिट गरेकाे अभियोगमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा धनबहादुर श्रेष्ठ र कैमदुन अन्सारी रहेका छन्।

उनीहरूलाई बिहीबार बिहानै बारा जिल्लाकै विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको एसपी तामाङले बताए।

जेनजी समूहले बुधबार आफूहरूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै ७–८ जनाविरुद्ध जाहेरी दिएको छ। यस आधारमा कुटपिट र अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बुधबार बाराको सिमरा विमानस्थल गेट क्षेत्रमा एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रण गर्न कठिन भएपछि कर्फ्यू लगाउनुपर्ने अवस्था उत्पन्न भएको थियाे।

 

प्रतिक्रिया