अभिनेत्री साम्राज्ञीले गरिन् इन्गेजमेन्ट


काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले इन्गेज्मेन्ट गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम पोस्टमा प्रेमिल पोस्ट लेख्दै इन्गेजमेन्ट भएको घोषणा गरे पनि उनले हुनेवाला श्रीमानको नाम भने खुलाएकी छैनन्।

अभिनेत्री शाहले साइँली औँलामा लगाएको इन्गेज्मेन्ट रिङ देखाउँदै पोस्ट गरेको उक्त तस्विरले उनको इन्गेज्मेन्ट भइसकेको थाहा हुन्छ । त्यस्तै उनले तस्विरसँगै एउटा लामो पोस्ट पनि लेखेकी छिन् । साथै उनले विवाह कहिले भन्ने कुरा पनि बताएकी छैनन् ।

 

 

 

प्रतिक्रिया