महाधिवेशन पुसभित्रै गरौँ : डा. शेखर कोइराला


काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ नियमित महाधिवेशन पुसभित्रै सम्पन्न गरिनैपर्ने जिकिर गरेका छन्।

मंगलबार राजधानी विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा नजिकका युवा कार्यकर्ताहरूसँगको भेटमा डा. कोइरालाले ढिलाइ अब सह्य नहुने बताउँदै पुस मसान्तलाई अन्तिम समयसीमा मान्नुपर्ने धारणा राखेका सहभागी भुवन भट्टले जानकारी दिए।

“मैले पहिले नै २०८२ मंसिरभित्र महाधिवेशन हुनुपर्छ भनेको थिएँ। अहिले कसैले वैशाखसम्म धकेल्ने कुरा गरिरहेका छन्। तर मेरो अडान स्पष्ट छ। मंसिर होइन, अब पुसभित्रै महाधिवेशन गरौँ,” कोइरालाको भनाइ उद्धृत गर्दै भट्टले भने।

उनका अनुसार, यदि पुस मसान्तभित्र नै १५औँ महाधिवेशन सम्पन्न गर्न नसकिएको खण्डमा पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने आवश्यकतामा कोइराला छन्। तर विशेष महाधिवेशनमा जाँदा अहिले हस्ताक्षर बुझाएका ५४ प्रतिशतको सनाखत जस्ता प्रक्रियाले पार्टी फुट्ने खतरा बढाउने उनको चिन्ता छ। त्यसैले यस्तो संवेदनशील अवस्थामा केन्द्रीय समितिबाट सर्वसम्मत निर्णयमै अगाडि बढ्नु उपयुक्त हुने उनको सुझाव छ।

 

प्रतिक्रिया