हिरासतबाट फरार थुनुवा २ महिनापछि आफैं फर्किए


झापा-  इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट फरार भएका एक थुनुवा करिब दुई महिनापछि आफैं प्रहरी सम्पर्कमा आएका छन्। सवारी अंगभङ्ग मुद्दामा पक्राउ परेका झापा कचनकवल–६ घर भई हाल काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङ बस्ने १८ वर्षीय अशोक रिमाल आइतबार बिहान स्वयम् झिलझिले प्रहरी कार्यालय पुगेका हुन्।

रिमाल गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा हिरासत तोडी फरार भएका थिए। उनलाई सवारी दुर्घटनासम्बन्धी अंगभङ्ग मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको थियो।

प्रहरीका अनुसार बिहान कार्यालयमै आफैं उपस्थित भएका रिमाललाई तत्काल नियन्त्रणमा लिइएको र फरार भएको अवधि तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया