
धनुषामा वडाध्यक्षको गोली हानी हत्या
धनुषा – धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या भएको छ ।
नगरपालिका–९ का वडाध्यक्ष यादवमाथि शुक्रबार साँझ करिब ६ बजे अज्ञात समूहले गोली प्रहार गरेको हो ।
घटनापछि गम्भीर घाइते भएका यादवलाई तत्काल जनकपुरस्थित प्रादेशिक अस्पतालमा पुर्याइए पनि चिकित्सकहरूले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले उक्त आक्रमणमा संलग्न व्यक्तिको पहिचान खुल्न बाँकी रहेको र पक्राउका लागि खोजी तीव्र पारिएको जनाएको छ।



कागजपत्र |
