विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा सुर्खेतका विशु पक्राउ


काठमाडौं– विदेशी पर्यटकलाई भ्रममा पारेर ठगी गरेको आरोपमा प्रहरीले सुर्खेतका ४० वर्षीय विशु सिंजालीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

सिंजालीले आफ्नो कम्पनी अल्टिट्युड राईडर्स प्रालिमार्फत नेपाल भ्रमणमा मोटरसाइकल राइडसहित खाना, बसाइ र अन्य सेवाको प्रलोभन देखाउँदै पोल्याण्डका १२ जना नागरिकबाट ठगी गरेको उजुरी परेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीका अनुसार, उनले फेसबुक म्यासेन्जरमार्फत सम्पूर्ण प्याकेजको सेवा दिने आश्वासन दिएर सम्झौता भएको ७ दिनभित्र ३० प्रतिशत भुक्तानी लिएर सम्पर्कविहीन भएका थिए।

अनुसन्धानपछि २६ कात्तिकमा रोल्पाबाट पक्राउ परेका सिंजालीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद दिएको छ। प्रहरीले ठगी प्रकरणको विस्तृत अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया