
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात बरामद
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नागार्जुन नगरपालिकामा छापा मारी विभिन्न कागजात नियन्त्रणमा लिएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नगरपालिकासम्बन्धी धेरै उजुरी परेपछि आयोगको टोलीले अनुगमनसहित छापा मारेको हो।
छापामारीका क्रममा अख्तियारले विभिन्न विभागीय कागजात, निर्णयका फाइलहरू र आर्थिक लेनदेनसम्बन्धी दस्तावेजहरू नियन्त्रणमा लिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
आयोगले उजुरीका आधारमा आवश्यक अनुसन्धान अघि बढाउने तयारी गरेको छ।



कागजपत्र |
