
अभिनेत्री एलिजा गौतम जनादेश पार्टीकी उपाध्यक्ष
काठमाडौं- अभिनेत्री एलिजा गौतम जनादेश पार्टी नेपालकी उपाध्यक्ष बनेकी छन्। अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा गठन गरिएको यस पार्टीले मंगलबार निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको थियो।
नवगठित पार्टीमा गौतमले उपाध्यक्षको जिम्मेवारी सम्हालेकी हुन्। उनले यसअघि २०७९ साल माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन्।
जनादेश पार्टीका केन्द्रीय सदस्यहरूले बुधबार आयोगमा सनाखत पूरा गरेका छन्। पार्टीको चुनाव चिन्ह हातले समातेको माइक निर्धारण गरिएको छ।
एलिजा गौतम चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती हुन्।



कागजपत्र |
