मधेश प्रदेशका ५ सांसद पदमुक्त


काठमाडौं – मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन् ।

प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको सभामुख रामचन्द्र मण्डलले आजदेखि नै लागूहुनेगरी प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।

मधेस प्रदेश सभा सचिवालयले बिहीबार राती जारी गरेको सार्वजनिक पत्रमा ५ सांसद पदमुक्त भएको उल्लेख छ । उनीहरुलाई प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित भएका कारण पदमुक्त गरिएको जनाइएको छ ।

यसरी पदमुक्त हुने सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार सर्लाही, सारदा शंकर कलबार बारा रहेका छन् ।

प्रतिक्रिया