ज्योति मगरको नजरमा– जेन्जी आन्दोलन किन भयो ?


काठमाडौं – बोल्ड एण्ड हट गायिका अनि स्पष्ट वक्ताका रुपमा परिचित ज्योति मगर सामाजिक सञ्जालमा स्पष्ट लेख्ने सेलिब्रेटीका रुपमा परिचित छिन् । उनका अभिव्यक्तिहरु तार्किक हुने गरेका छन् ।

यसैक्रममा सामाजिक सञ्जालमा ज्योतिले जेनजी आन्दोलनका बारेमा बुँदागत रुपमा आप्mना भनाई सार्वजनिक गरेकी छिन् ।

उनी लेख्छिन्–

जेन्जी आन्दोलन किन भयो ???

1) टिकटकर जेन्जी,मोबाइल मा उपद्र गरेर पैसा कमाउन…

2)कलाकार जेन्जी,युट्युब बाट डलर कमाउन…

3)रा स्व पा का जेन्जी,रबि लामिछाने निकाल्न…

4)बालेन का जेन्जी,प्रत्यक्ष कार्यकारी मा बालेन लाई प्रधानमन्त्री बनाउन,चील मा बस्न र स्वायग वाला एटिट्युड देखाउन…

5)मावबादि का जेन्जी, केपि भगायर प्रचण्ड लाई देश को बाग्डोर दिन…

6)काग्रेस का जेन्जी देउवा हटायर गगन लाई सभापति बनाउन…

7)बार्बारा फाउन्डेसन का जेन्जी सन्दुक रुइत को देवत्व को आड मा देश मा भाड भैलो मच्चाइ चीन को विरुद्ध मा गै तिब्बत आजाद गर्न तथा प्रत्येक्ष अप्रत्यक्ष अमेरिका लाई फेबर गर्न…

8)मधेस वारि पारी का जेन्जी “जय नेपाल”भन्दा “जय हिन्द” भन्न नै सजिलो भयको ले…

9)हुने खाने बर्ग का जेन्जी नेता का छोरा छोरी को हात को रोलेक्स घडी तथा लक्जरी लाइफ स्टायल आफू लाई पनि चाइयकोले..

10)”अन जि ओ” र “आइ एन जि ओ” का जेन्जी देश मा अस्थिरता कायम गरि मागी खाने भाडो मा डलर आर्जन गर्न…

तर अपबाद मा कोइ कोइ चै आम जेन्जी थिय जसलाइ देश को चिन्ता थियो,बेथिति को विरुद्ध मा आवाज बुलन्द गर्नु थियो शान्तिपुर्ण आन्दोलन गरि सरकार लाई खबरदारी गर्नु थियो दुर्भाग्य उनिहरु कै अगाडि निर्दोष हरु ढले उनिहरु कै अगाडि देश जल्यो…

डराइ डराइ पोष्ट हान्दिय मैले ल… जती गाली गरेनि गर्नु म कमेन्ट पढ्दिन केरे

 

 

प्रतिक्रिया