प्रहरी वृत्त बानेश्वरबाट हतियार लुट्ने पक्राउ


काठमाडौं- जेनजी आन्दोलनका क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहा–४ घर भई काठमाडौं–३१ आलोकनगर बस्दै आएका २२ वर्षीय सेख सिद्धिकी रहेका छन्।

प्रहरीका अनुसार आइतबार सिद्धिकी बस्ने कोठामा गरिएको खानतलासीका क्रममा ग्यासगनका २ थान सेल फेला परेको थियो। उनीमाथि प्रहरी सवारी साधन तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप छ।

सिद्धिकीलाई आपराधिक उपद्रव तथा हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

 

प्रतिक्रिया