
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक
काठमाडौं- कोरियाली भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले मंसिर १ गतेदेखि परीक्षा सुरु हुने जानकारी दिएको हो। पहिलो चरणमा उत्पादनमूलक क्षेत्रमा परीक्षा सञ्चालन गरिनेछ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि यस वर्ष एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका छन्। यो वर्ष करिब ५ हजार ३०० जनाले परीक्षा उत्तीर्ण गर्ने अनुमान गरिएको छ, जसमध्ये उत्पादन क्षेत्रतर्फ ३ हजार ५०० र कृषि तथा पशुपालनतर्फ १ हजार ८०० जनाले उत्तीर्ण हुने अपेक्षा गरिएको शाखाले जनाएको छ। यद्यपि कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या घटबढ हुन सक्ने पनि भनिएको छ।
एक दिनमा बढीमा पाँच सिफ्टमा परीक्षा सञ्चालन गरिनेछ।



कागजपत्र |
