
प्रहरीमाथि आक्रमणमा संलग्नता घिसिङसहित तीन जनालाई धरौटीमा छाड्न आदेश
काठमाडौं– भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण र हतियार लुटपाटमा संलग्न चार जनालाई काठमाडौं जिल्ला अदालतले धरौटी र सामान्य तारेखमा रिहा गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोलखाको शैलुङ गाउँपालिका–१ का ४८ वर्षीय गौतम घिसिङसँग दुई लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको छ। सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका धिरज थापालाई १ लाख र पाल्पा रम्भा गाउँपालिकाका विवेक बस्नेतलाई ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्ने आदेश भएको छ। त्यस्तै नवीन राईलाई साधारण तारेखमा छाडिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन्। उनलाई २०७९ असोज ४ र २०७९ फागुन १० मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशालामा मुद्दा दर्ता गरिएको थियो।



कागजपत्र |
