इमरान ताहिरले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने


काठमाडाैं- दक्षिण अफ्रिकाका लेगस्पिनर इमरान ताहिर नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्न नेपाल आउने भएका छन्।

उनलाई साविक विजेता जनकपुर बोल्ट्सले टोलीमा आबद्ध गरेको आइतबार सार्वजनिक गरेको हो। ४६ वर्षीय ताहिरले दक्षिण अफ्रिकाको टोलीबाट सन् २०१९ देखि खेलेका छैनन्। उनले ४० वर्षको उमेरसम्म दक्षिण अफ्रिकबाट खेलेका थिए।

पछिल्लो समय व्यवसायिक क्रिकेट खेलिरहेका ताहिरले यो वर्ष क्यानडा सुपर ६० र क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेका छन्। उनले सिपिएलटोली गुयना अमाजोन वारियर्सको कप्तानी समेत गरेका थिए।

प्रतिक्रिया