जेनजी प्रदर्शनमा तोडफोड–आगजनी : विशेष अदालतले प्रहरीमा जाहेरी दियो


काठमाडौं- जेनजी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीबारे अनुसन्धान अघि बढाउन आग्रह गर्दै विशेष अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको छ।

परिसरका सूचना अधिकारी (एसपी) पवन भट्टराईका अनुसार, बुधबार जाहेरी दिँदै विशेष अदालतले भदौ २४ मा भएको तोडफोड र आगजनी घटनाको अनुसन्धान गर्न आग्रह गरेको हो।

विशेष अदालतले आगजनीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी क्षतिको बराबर बिगो भराउन माग गरेको छ।

यसअघि सर्वोच्च अदालत, काठमाडौं  जिल्ला अदालत, महान्यायाधिवक्ताको कार्यालय र हायात होटललगायत संस्थाले पनि प्रहरीमा जाहेरी दिएका थिए।

प्रतिक्रिया