राष्ट्रिय सङ्कट समाधानका लागि वामशक्ति एक भयाे : प्रचण्ड


काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सङ्कट समाधानका लागि वामपन्थी तथा देशभक्त शक्तिहरू एक भएको दाबी गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायत १० वामपन्थी दलबीच भएको एकता राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै दाहालले देशको चुनौती समाधानका लागि कम्युनिस्ट शक्ति एकढिक्का भएको बताएका हुन्।

“पार्टी एकताले नयाँ राष्ट्रिय एकताको आधार निर्माण गरेको छ,” उनले भने। विगतमा भएका कमजोरी स्वीकार गर्दै उनले पार्टी नेता तथा कार्यकर्ताको सुझावका आधारमा संगठन संचालन हुने बताए। कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकृत गर्दै राष्ट्र तथा लोकतन्त्रको रक्षा गर्न कम्युनिस्ट, लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरूसँग सहकार्य आवश्यक हुने उनको भनाइ थियो।

नेपाली कम्युनिस्ट पार्टीलाई देशको पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने जिकिर गर्दै उनले देशव्यापी एकता घोषणा अभियान तथा चुनावी गतिविधि थालिने जानकारी दिए।

 

प्रतिक्रिया