
जेनजी आन्दोलनमा हतियार लुट्ने युवक समातिए, तीन हतियार फेला
काठमाडौं- जेनजी आन्दोलनका क्रममा लुटिएका इन्सास र अन्य हतियारसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति २३ वर्षीय शिवराज धमला रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। उनी काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ परेका हुन्।
प्रहरीका अनुसार धमलाको डेराबाट इन्सास रायफल, सटगन र पेस्तोल बरामद गरिएको छ। धमला पेशाले पठाओ चालक रहेको र भदौ २४ गते जेनजी प्रदर्शनका बेला प्रहरीबाट हतियार लुटिएको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी आचार्यले बताए।
यस प्रकरणमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
