तेह्रथुममा किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ


तेह्रथुम- तेह्रथुममा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेदाप गाउँपालिका- ३ बस्ने ३१ वर्षीय प्रवीण तामाङ रहेका प्रहरीले जनाएको छ ।

प्रवीणले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया