
बाजुरामा महिलाले बाटोमै जन्माइन् बच्चा, एक्लै अनमीले दिइन् सुत्केरी सेवा
बाजुरा- बुढीगंगा नगरपालिका–७ सिमलकोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्। सिर्जना केसीलाई बिहीबार दिउँसो सुत्केरी व्यथा लागेपछि स्वास्थ्यकर्मीको सहयोगमा घरनजिकैको बाटोमै प्रसूति सेवा दिइएको हो।
स्थानीय विष्णुभक्त जैशीका अनुसार, सिर्जनालाई स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै व्यथा च्यापेपछि सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रकी अनमी बिनिता बिष्ट दौडिएर घटनास्थल पुगेकी थिइन्।
अनमी बिष्टका अनुसार, आफू पुग्दा बच्चा जन्मिसकेको थियो। उनले साल निकाल्ने र सालनाल व्यवस्थापन गरेर आमाको स्वास्थ्य परीक्षण गरेकी थिइन्। “आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य थियो,” बिष्टले भनिन्, “त्यसपछि हामीले उनीहरूलाई घर पठायौँ।”
बिष्ट हाल सिमलकोट स्वास्थ्य केन्द्रमा एक्लै कार्यरत अनमी हुन्।



कागजपत्र |
