अछाम मेल्लेख–१ काे वडा कार्यालय तोडफोड, सात जना पक्राउ


अछाम — मेल्लेख गाउँपालिका–१ को वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ।

वडा अध्यक्ष दिलबहादुर धामीका अनुसार सोमबार राती स्थानीय युवाहरूको समूहले वडा कार्यालयमा प्रवेश गरी तोडफोड गरेका थिए। यस क्रममा चार वटा दराज, तीन वटा ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, प्रोजेक्टर, इन्टरनेट राउटर, कुर्सी तथा सम्पूर्ण कागजातहरू च्यातेर नष्ट गरिएको छ।

अछाम प्रहरीले पक्राउ परेका सात जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। उनीहरूको उमेर २० देखि २४ वर्षबीच रहेको छ, तर विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनामा संलग्न व्यक्तिहरूको विस्तृत विवरण र थप अनुसन्धानको जानकारी पछि सार्वजनिक गरिनेछ।

प्रतिक्रिया