महाराजगन्जका प्रहरीको हत्या गर्ने प्रदर्शनकारी पक्राउ


काठमाडौं – ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका दुई प्रहरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो। उनलाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धानका लागि थुनामा राखिएको छ।

प्रहरीका अनुसार प्रदर्शनकारी युवाले महाराजगन्जमा कार्यरत प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए। घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

साथै, प्रहरीले प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटसम्बन्धी घटना पनि फोटो, भिडियो प्रमाणको आधारमा छानबिन गरी कारबाही सुरु गरेको छ।

 

प्रतिक्रिया