ग्लोबल आइएमईको ३० अर्ब बराबरको ऋणपत्र बाँडफाँट
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडकोे रू. ३ अर्ब बराबरको ऋणपत्र चैत २३ गते(सोमबार) बाँडफाँट भएको छ । कम्पनीले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र चैत १ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको थियो ।
कम्पनीले १० वर्ष अवधिको ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ निष्कासन गरेको हो । कुल ऋणपत्रमध्ये १८ लाख कित्ता कम्पनीले परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई व्यक्तिगत तवरले विक्री गरेको छ भने १२ लाख कित्ता ऋणपत्र भने आम सर्वसाधारणका लागि विक्री गरेको हो ।
यस्तै, कम्पनीले सर्वसाधारणमध्ये बाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । कम्पनीको ऋणपत्र विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।