आगजनी र लुटपाटका प्रमाण उपलब्ध गराउन प्रहरीले आग्रह


काठमाडौं- आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको कारबाहीका लागि नेपाल प्रहरीले आम नागरिकसँग प्रमाण उपलब्ध गराउन आग्रह गरेको छ।

प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा आन्दोलनका क्रममा भएका अप्रिय घटना, आगजनी, तोडफोड तथा लुटपाटसँग सम्बन्धित फोटो, भिडियो वा सामाजिक सञ्जालका लिङ्कहरू नेपाल प्रहरीको आधिकारिक इमेल nepalpoliceinfo@gmail.com मा पठाउन अनुरोध गरेको छ। साथै, प्रमाण उपलब्ध गराउने व्यक्तिहरूको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने प्रहरीको भनाइ छ।

भदौ २३ र २४ गते भएका आन्दोलनका क्रममा सार्वजनिक तथा निजी संरचना ध्वस्त हुनुका साथै नगद, गरगहना र जिन्सी वस्तुहरूको लुटपाटसमेत भएको थियो। यसपटक आन्दोलन हिंसात्मक बन्दै जाँदा प्रहरी कार्यालय र व्यारेकसमेत निशानामा परे। प्रहरी स्रोतका अनुसार तोडफोडमा हतियार, पोशाकदेखि मेसमा रहेका दाल–चामलसम्म लुटिएको छ।

प्रतिक्रिया