
अन्तरिम सरकारका लागि नयाँ प्रधानमन्त्री कार्यालय व्यवस्थापन सुरु [फोटोफिचर]
काठमाडौं- नयाँ बन्न लागेको अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबार परिसरमा कार्यालय व्यवस्थापन सुरु गरिएको छ।

मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले वैकल्पिक स्थानहरूको अध्ययन गरेको एक सचिवले जानकारी दिए। उनका अनुसार, सिंहदरबारका अधिकांश भवन आन्दोलनका क्रममा ध्वस्त भएकाले सुरक्षित र प्रयोग योग्य विकल्प खोजिएको हो।

बुधबार आन्दोलनकारीहरूले सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण गरेका थिए। आक्रमणका क्रममा अधिकांश मन्त्रालय भवनमा आगजनी र तोडफोड भएको थियो। मन्त्रालयका महत्त्वपूर्ण कागजात नष्ट गरिएका छन् भने कार्यालयका सवारी साधनमा व्यापक क्षति पुगेको छ।






रिसभ पाण्डे |
