रानीपोखरी कार्यालय जल्दा पुलिस क्लबबाट सुरु भयो प्रहरी काम


काठमाडौं- जेनजी आन्दोलनका क्रममा उपत्यकाका प्रहरी कार्यालयहरूमा भएको तोडफोड र आगजनीपछिको अव्यवस्था क्रमशः सामान्य बन्दै गएको छ। केही दिनसम्म रक्षात्मक अवस्थामा रहन बाध्य बनेको नेपाल प्रहरी अहिले पुनः कार्यक्षेत्रमा फर्किएको छ।

मंगलबार दिउँसो आन्दोलनकारीले चौतर्फी आक्रमण गर्दा उपत्यकास्थित अधिकांश प्रहरी कार्यालयमा क्षति पुगेको थियो। भवनसहित पोशाक, सामग्री र सवारीसाधन जलाइएपछि प्रहरीहरू विस्थापित भएका थिए। त्यस क्रममा केही प्रहरीको ज्यानसमेत गएको थियो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी विशेष रूपमा आन्दोलनकारीको निशानामा परेको थियो। भवन तत्काल प्रयोग गर्न अयोग्य भएपछि यहाँको कार्य नेपाल पुलिस क्लबमार्फत आंशिक रूपमा सुरु गरिएको प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए। उनका अनुसार बस्न मिल्ने भवनमा पुरानै स्थानबाट र अयोग्य भएका ठाउँमा नजिकै वैकल्पिक स्थलमार्फत नियमित काम सुरु गरिएको छ।

प्रतिक्रिया