ग्रीन टी प्रचलन व्यापक बन्दै, गर्भवती र यस्ता विरामीले प्रयाेग नगर्नुहाेस्


काठमाडाैं – पछिल्लाे समय नेपाली समाजमा पनि ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन् ।

सुनेकै भरमा जानी नजानी ग्रीन टी काे प्रयाेग गर्नेकाे जमात पनि देखिने गरेकाे छ । तन्दुरुस्ती र सौन्दर्यका लागि कतिपयले यसलाई आफ्नो नियमित खुराक बनाउने गरेका छन् ।

ग्रीन टी: किन, कसरी, कति र कहिले पिउने भन्ने बुझेर प्रयाेग गर्न जाने फाइदा नजाने बेफाइदा पनि उतिनै छ । तसर्थ हरेक चीजको फाइदा र बेफाइदा दुवै हुन्छ भन्ने बुझेर प्रयाेग गर्नु जरूरी छ ।

यस्ताे छ ग्रीन टी को फाइदा र प्रयाेग विधी यस प्रकार छ;

ग्रीन टी एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो । जुन स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ । ग्रीन टीमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यसमा एपिगलोकेटेशिन-३ गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ ।

दीर्घ रोग: जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी मानिने ग्रीन टीले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्ने पाइएकाे छ । शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टी लाभदायक हुन्छ ।

पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टी उपयोगी हुन्छ । तौल नियन्त्रणका लागि समेत ग्रीन टी पिउन सकिन्छ । यद्यपी एक दिनमा तीन वा चार कपसम्म ग्रीन टी पिउनु राम्राे हाे । त्यो भन्दा बढी पिउनु कलेजोका लागि हानिकारक हुनसक्छ ।

ग्रीन टी विहान, दिउसो वा साँझमा पिउन सकिन्छ । यद्यपी विहान मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टी पिउनुपर्छ । खाना खानुभन्दा एक घण्टा अघि वा पछि पिउन सकिन्छ ।

ग्रीन टी अन्य चिया जस्तो पकाएर पिउनु हुँदैन । ग्रीन टी छुटै गिलासमा हाल्ने र त्यसमा उमालेको पानी हाल्नुपर्छ । यसमा चिनी मिसाउनु हुँदैन । बरु, मह मिसाएर सेवन गर्न सकिन्छ । ग्रीन टी गर्भवती, न्युन रक्तचाप भएकाहरुले खानु त्यती उपयुक्त हँदैन ।

ग्रीन टी को यी बेफाइदा अवश्य ध्यानमा राख्नुहोस्;

ग्रीन टी मा पाईने ओक्जेलिक एसिड किड्नीमा पत्थरी बन्ने कारण हुनसक्छ । यसको साथै यसमा क्याल्शियम, यूरिक एसिड, अमीनो एसिड र फस्फेट पनि पाईन्छ । जुन ओक्जेलिक एसिडको साथ मिलेर किड्नीमा पत्थरीको लागि जिम्मेवार हुन्छ ।

गर्भावस्था वा शिशुको जन्म पश्चात् ग्रीन टी को अत्यधिक सेवनले स्वास्थ्यलाई हानी पुर्याउँछ । यसको अधिक सेवनले गर्भपातको सम्भावना बढ्न सक्छ । दिनमा दुई कप भन्दा धेरै ग्रीन टी पिउनु गर्भवती महिलाको लागि विभिन्न किसिमले खतरनाक हुनसक्छ ।

तपाईलाई यो विश्वास नलाग्न सक्छ तर ग्रीन टी को अधीक सेवनले तपाईको शरीरमा आयरनको कमी हुनसक्छ । विशेषगरी ग्रीन टी मा पाईने टैनिनले खाद्य पदार्थ र पोषक तत्वबाट पाईने आयरनको अवशोषणमा अवरोध उत्पन्न गर्छ ।

ग्रीन टी अधिक मात्रामा पिउँदा क्याल्शियमको त्यो मात्रा बढ्छ, जुन यूरिनको माध्यमले शरीर बाहिर निस्कन्छ । यसबाट शरीरमा क्याल्शियमको अधिक कमी हुनसक्छ, जुन ओस्टियोपोरोसिस जस्ता रोगको कारण बन्न सक्छ ।

ब्राजीलमा गरिएको एक शोधका अनुसार, अधिक मात्रामा ग्रीन टी को सेवनले शरीरमा टेस्टोस्टेरोनको स्तर कम गर्छ । यस सोधमा यो कुरा पत्ता लागेको छ कि ग्रीन टी को सेवन कम गर्दा वा यसको मात्रामा कमी आउँदा टेस्टोस्टेरोनको स्तर सामान्य राख्न मद्दत मिल्छ ।

ग्रीन टी को अधिक सेवन गर्दा तपाईको भोकलाई कम गर्न सक्छ, जसले गर्दा तपाई उचित आहार सेवन गर्नबाट बञ्चित हुनुपर्दछ र शरीरलाई आवश्यक मात्रामा पोषण तत्व प्राप्त हुँदैन । यसकारण तपाईको शरीर कमजोर हुनसक्छ । उल्टी, पखाला एवम् अन्य स्वास्थ्य समस्याको शिकार हुन सक्नुहुन्छ । एजेन्सी

प्रतिक्रिया