
नयाँबजारमा जुवाखाल, ३ लाख ५९ हजारसहित ११ जना पक्राउ
काठमाडौं– काठमाडौं महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–८ का ४२ वर्षीय रूपचन्द्र श्रेष्ठसहित ११ जनालाई बिहीबार राति विशेष टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिँदा ३ लाख ५९ हजार रुपैयाँ नगद र ५८ बुक तास बरामद गरेको छ।
हाल पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।



कागजपत्र |
