
कैलालीकाे खुटिया खोलामा डुबेर ४ किशोरकाे मृत्यु
कैलाली- कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झुलोंगे पुल नजिक खुटिया खोलामा चार किशोर मृत अवस्थामा फेला परेका छन्।
नुहाउन गएका सात किशोरमध्ये चार जना बेपत्ता भएका थिए। खोजीका क्रममा ४ जना मृत अवस्थामा फेला परेका हुन्। मृतकमध्ये धनगढीका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार उनीहरू दिउँसो करिब २ बजेतिर खुटिया खोलामा नुहाउने क्रममा बेपत्ता भएका थिए।
सोही समयमा खोलामा डुबेका अन्य तीन किशोरको भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय र सुरक्षाकर्मीको टोलीले खोजी कार्य सञ्चालन गरेको थियो।



कागजपत्र |
