
१८ भदौदेखि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको चेतावनी
काठमाडौं- विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै निजी विद्यालय सञ्चालकहरूले देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। १८ भदौदेखि उनीहरूले अनिश्चितकालीन आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।
प्याब्सन, एनप्याब्सन, हिसान र अपेन जस्ता निजी विद्यालयका छाता संगठनहरूले संयुक्त रूपमा चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्। उनीहरूले विद्यालय शिक्षा विधेयकमा राखिएका ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’ सम्बन्धी प्रावधान हटाउन माग गर्दै आएका छन्।
गत केही हप्तादेखि सञ्चालकहरूले पहिलो चरणको आन्दोलन सञ्चालन गरेका थिए, जसको अवधि ९ भदौसम्म रहेको थियो। अब दोस्रो चरणको कार्यक्रम सुरु भइसकेको छ र १८ भदौसम्म माग सम्बोधन नभए देशभरका निजी विद्यालय बन्द गरिने चेतावनी जारी गरिएको छ।




कागजपत्र |
