अमेरिकाबाट नेपाल प्रहरीले पायो आधुनिक डीएनए परीक्षण उपकरण


काठमाडौं- अमेरिकाले नेपाल प्रहरीलाई अपराध अनुसन्धानलाई थप वैज्ञानिक र प्रभावकारी बनाउने उद्देश्यले डीएनए परीक्षण उपकरण उपलब्ध गराएको छ। नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले प्रहरी महानिरीक्षक दीपक थापालाई डीएनए परीक्षणका अत्याधुनिक उपकरण हस्तान्तरण गरे।

डीएनए प्रविधि अपराध अनुसन्धानमा विश्वसनीय र भरपर्दो माध्यम मानिन्छ। उपकरणको अभावमा प्रहरीले जटिल घटनाहरूमा प्रायः मानव साक्ष्य र बयानमा निर्भर हुनुपर्ने बाध्यता सामना गर्नु परेको थियो।

यसअघि कोरिया सरकारको सहयोगमा नेपाल प्रहरीले साइबर ब्युरोको संरचना विकास गरेको थियो। अब प्रविधियुक्त अनुसन्धानलाई प्रभावकारी बनाउन उपकरण र तालिमप्राप्त जनशक्तिसहित उक्त ब्युरोलाई भोटाहिटीबाट सामाखुसीमा सार्ने तयारी भइरहेको छ। सामाखुसीमा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालासहित आधुनिक भवन कोरिया सरकारको सहयोगमा निर्माण भइसकेको छ।

उक्त ब्युरोमै राखिने डीएनए परीक्षणका उपकरणहरू अमेरिकी राजदूतले महानिरीक्षकलाई हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया