पप स्टार टेलर स्विफ्टकाे इन्गेजमेन्ट भयाे


न्यूयोर्क – अमेरिकी पपस्टार तथा अर्बपति संगीतकर्मी टेलर स्विफ्टले आफ्नो पार्टनर र अमेरिकी फुटबल खेलाडी ट्राभिस केल्सीसँग इन्गेजमेन्टको घोषणा गरेकी छिन्।

स्विफ्टले मंगलबार इन्स्टाग्राममार्फत पाँचवटा तस्वीर सेयर गर्दै “तपाईंको अंग्रेजी शिक्षक र तपाईंको जिम शिक्षक विवाह गर्दैछन्” भन्ने क्याप्सनसहित सन्देश सार्वजनिक गरेकी हुन्।

तस्वीरमा केल्सीले स्विफ्टलाई प्रपोज गरिरहेको र दुवै एकअर्कालाई अँगालो हालेर हात समातेको देखिन्छ। सबैभन्दा धेरै चर्चा भने स्विफ्टको औंठीले पाएको छ, जसको मूल्य करिब ५ लाख ५० हजार अमेरिकी डलर (करोडौं रुपैयाँ) रहेको जनाइएको छ।

दुई वर्ष लामो प्रेम सम्बन्धपछि यस जोडीले औपचारिक रूपमा आफ्नो इन्गेजमेन्ट सार्वजनिक गरेका हुन्।

३४ वर्षीया स्विफ्ट अहिले विश्वकै सबैभन्दा धनी महिला संगीतकर्मी हुन्। फोर्ब्सको सन् २०२४ को रिपोर्टअनुसार उनको कुल सम्पत्ति १.६ अर्ब अमेरिकी डलर पुगेको छ। तीमध्ये ६०० मिलियन डलर भ्रमण र रोयल्टीबाट, ६०० मिलियन डलर संगीत एल्बमको बिक्रीबाट र १२५ मिलियन डलर घरजग्गा लगानीबाट आएको हो।

प्रतिक्रिया