श्रीमतीलाई माइतीमा राखेको भन्दै सासू–ससुरामाथि खुकुरी प्रहार


काठमाडौं – प्रहरीले सासु ससुरालाई खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। दैलेखको नौमुले गाउँपालिका–३ कालीकास्थित स्यालाका २८ वर्षीय अनराम रोकामगर पक्राउ परेका हुन्।

१८ चैतमा ५५ वर्षीय ससुरा भविलाल रोका मगर र ५२ वर्षीय सासु लालसरी रोका मगरलाई उनले खुकुरी प्रहार गरेको दैलेख प्रहरीले जनाएको छ।

आफ्नी श्रीमतीलाई ४/५ महिनादेखि माइतीमा बसालेको भन्दै अनरामले सासु ससुरालाई खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिए।

खुकुरी प्रहारबाट घाइते भएका भविलाल र लालसरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया