पुदिनाका गुणहरु के–के छन् जानी राखौँ


हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ। यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको वनस्पति हो।

पुदिनाको अचार सबैलाई मन पर्छ। अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन्। तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ।

अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् जानौं पुदिनाको फाइदा।

१. मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः पुदिनाको पातहरुसँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नुपर्दछ। एक हप्तासम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोरबाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ।

२. रुघा ज्वरो र खोकीबाट छुटकाराः जाडो महिनामा ज्वरो र रुघा लागेमा अदुवाको रस सँग पुदिनाको पात थिचेर प्रयोग गर्नाले रोगलाई पूर्णरुपमा निको पार्न सहयोग गर्दछ। करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ। पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ।

३. पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ।

४. मुख गन्हाउने समस्याबाट मुक्तिः मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरुलाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ। गिजालाई पनी यो विधिले बलियो पार्दछ।

५. रुघा लम्बिएमाः रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ।

६. दादबाट छुटकाराः शरीरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ।

७. बिष मार्नः बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउँछ।

प्रतिक्रिया