मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पक्राउ


पर्सा – मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्  ।

गोरखा, गोरखा नगरपालिका–४ बस्ने २८ वर्षीया सरिता सिर्मललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सरिताले पीडितहरूलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई हेटौंडाबाट वीरगंज हुँदै भारतको रक्सौलतर्फ लैजान लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो ।

साथै, प्रहरीले तीन जना पीडितहरूलाई उद्दार समेत गरेको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया