बौद्धमा एक युवक मृत फेला


काठमाडौं – राजधानीको बौद्ध कुमारीगालमा एक १९ वर्षीय किशोर मृत फेला परेका छन् ।

मृतकको परिचय जोन श्रेष्ठका रूपमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले हाल मृत्युको कारणबारे प्रारम्भिक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया