पूर्वजनमुक्ति सेना सदस्य मंगलसिंह काठमाडौंमा पक्राउ


काठमाडौं-  प्रहरीले नेकपा माओवादी केन्द्रको पूर्वजनमुक्ति सेना सदस्य मंगलसिंह प्रजालाई काठमाडौंमा पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार बानेश्वरबाट प्रजालाई नियन्त्रणमा लिएको हो। एसपी दीपकराज अवस्थीका अनुसार प्रजाले कानूनले वर्जित सामग्री सामाजिक सञ्जालमा प्रकाशन गरेका थिए, जसका आधारमा उनलाई पक्राउ गरिएको हो।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार आरोप लागेको छ। हालसम्म उनीले सामाजिक सञ्जालमा के कस्ता सामग्री राखेका थिए भन्ने विवरण सार्वजनिक गरिएको छैन।

प्रजालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया