गाजामा युद्धविराम र बन्धक रिहाइ प्रस्तावमा हमास सहमत


काठमाडौं- प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम लागू गर्ने र इजरायलसँग बन्धकको रिहाइका लागि मध्यस्थकर्ताको नयाँ प्रस्तावमा सहमति जनाएको छ। प्यालेस्टिनी स्रोतले बेलायती समाचार संस्था बीबीसीलाई यस विषय पुष्टि गरेका छन्।

सूत्रका अनुसार इजिप्ट र कतारले तयार पारेको यो प्रस्ताव अमेरिकी राजदूत स्टीव विटकफको ढाँचामा आधारित छ। प्रस्ताव अनुसार, सुरुमा ६० दिनको युद्धविराम लागू गरिनेछ। त्यसपछि हमासले बाँकी ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गर्नेछ, जसमध्ये २० जना जीवित रहेको विश्वास गरिएको छ। यसपछि स्थायी युद्धविरामका लागि वार्ता अगाडि बढाइनेछ।

नयाँ प्रस्तावमा हमास सहमत भए पनि इजरायलको आधिकारिक प्रतिक्रिया अहिलेसम्म आएको छैन। गत साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धक एकैचोटि रिहाइ हुने सम्झौता मात्र स्वीकार गर्ने बताएका थिए। नेतान्याहूले हमास अहिले ठूलो दबाबमा रहेको पनि जनाएका छन्।

प्रतिक्रिया