भयाबह बन्दै कैलालीको वातावरण प्रदुषण


धनगढी – विगत एक साता देखी भइरहेको कैलालीको वातावरण प्रदुषण भयाबह बन्न थालेको छ ।

प्रत्यक दिन प्रदुषण बढ्न थालेपछि कैलालीका नागरिकमा स्वास्थ्य समस्या समेत देखापर्न थालेको छ ।

वातावरण प्रदुषण बढ्दै जाँदा नागरिकमा आँखा पोल्ने, आँशु आउने, स्वास प्रस्वासमा समस्या हुने जस्ता समस्या देखा पर्न थालेका छन् ।

वातावराण प्रदुषण भएको भन्ने जानकारी नपाएपनि स्वास्थयमा असर गर्ने समस्याका कारण नागरि स्वास्थ्य संस्था सम्म जाने गरेका छन् ।

‘एक्कासी आँखा पोल्ने समस्या देखिएपछि आँखा जाँच गराउन पुगेको हुँ’ धनगढी–३ बाराडाँडीका दिपक ढुंगालले भने–‘डाक्टरले वायु प्रदुषणका कारण यस्तो समस्या भएको भन्ने जानकारी दिए अनिमात्रै प्रदुषण बारेमा जानकारी पाएको हुँ ।’
उनले आँखा पोल्ने समस्या संगै स्वास प्रस्वासमा समेत पछिल्लो समय समस्या देखापर्न थालेको बताए ।

गाउँका धेरै मानिसले स्वास प्रस्वासमा समस्या भएको गुनासो गर्दै अस्पताल जान थालेका छन्’ ढुंगालले भने–‘यो पनि प्रदुषणकै कारण हुनसक्दछ ।

धनगढी–१२ जुगेडाकी जयदेवी महत स्वास प्रस्वासमा समस्या भएको भन्दै सेती अस्पतालमा स्वास्थय परिक्षण गराउन पुगिन् । डाक्टरले उनलाई मास्क लगाउन र घर भित्रै बस्न सुझाव दिए ।

‘सके सम्म घर भित्रै बस्न र मास्कको अनिवार्य प्रयोग गर्न डाक्टरले सुझाव दिएका छन्’ उनले भनिन्–‘प्रदुषण बढ्यो भन्दै हुनुहुसन्थ्यो, केहो मलाई थाहा भएन ।’

सेती प्रादेशिक अस्पतालका बरिष्ठ जनरल फिजिसियन डाक्टर शेरबहादुर कमरका अनुसार वातावरण प्रदुषण बढे संगै स्वास प्रस्वासको समस्या लिएर स्वास्थ्य परिक्षण गराउने नागरिकको संख्या बढेको छ ।

‘वायु प्रदुषणका कारण मानिसको छालामा पनि समस्या देखापर्नथालेको छ’ बरष्ठ फिजिसियन डाकटर कमरले भने–‘तर तत्कालै स्वास प्रश्वासमा बढी समस्या निम्त्याएको छ ।’

सुख्खा मैसम सुरु भएसंगै हावामा धुलोका कारण मिसिने गरेका कारण आँखा पोल्ने, छाला र फोक्सोमा असर गर्ने , खोकी लागने । दम बढ्ने, भाइरल इनफेक्सन ग्रसितको संख्या बढ्न सक्ने फिजिसियन डाक्टर कमरले बताए ।

बर्षा नहुँदा सम्म यो समस्या यथावत रहेने फिजिसियन डाक्टर कमरको भनाई छ ।

उनले सकभर जंगलमा आगो लागन नदिने र घर वरपर पनि फोहर नजलाउन आग्रह गरेका छन् । प्रदुषणबाट बच्न वातावरण विज्ञको सुझाव मान्ने । सके सम्म बाहिर नजाने गइहालेपनि छिटो फर्कने ।

मास्कको प्रयोग गर्न उनले सुझाए । बिहान पख वायु प्रदुषण उच्च हुनेगरेको बताउँदै कमरले सकेसम्म बिहानी पख घर बाहिर गएर शारीरिक व्यायम नगर्न आग्रह गरे ।

‘घरमै बस्दापनि सकेसम्म मास्क लगाउनु पर्दछ’ कमरले भने–‘बाहिर निस्कदा अनिवार्य मास्क लगाउने गरौं, प्रदेषणबाट केही हद सम्म बच्न सकिन्छ ।’ उनले बर्षा नहुँदा सम्म प्रदुषण हट्न नसक्ने बताए ।

जल तथा मौसम पूर्वानुमान महाँशाखाले भने कैलालीमा ततकाल बर्षाको कुनै सम्भावना छैन । मौसम विद मञ्जु बासीका अनुसार आगामी ३ दिन सम्म कैलाली र कञ्चनपुरमा बर्षाको कुनै सम्भावना रहेको छैन ।

पहाडी भेगका केही स्थानमा फाटफुट बर्षा भएपनि कैलालीमा त्यसको सम्भावना नरहेको मौसम विद वासीले बताइन् ।

वातावरण विभागका प्रबक्ता इन्दु विक्रम जोशीका अनुसार बर्षा नभएसम्म कैलाली कञ्चनपुरमा वायु प्रदुषण हट्ने सम्भावना छैन ।

‘कैलाली कञ्चनपुर लगायत तराइमा भइरहेको आगलागका कारण वायु प्रदुषण उच्च हुँदै गएको छ’ जोशीले भने–‘यसले मानव स्वास्थयमा प्रतिकुल असर पर्ने छ ।’

प्रतिक्रिया