

राज्य व्यवस्था समिति बैठकमा निजामति विधेयकलाई अन्तिम रूप दिइँदै

काठमाडौं – संघीय संसद अन्तर्गत एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः०० बजे बोलाइएको छ।
जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ ।

