काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु


काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ट्रिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका– ७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

यसअघि गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा अनलोड गर्न ट्रिपर पछाडि सार्ने क्रममा भएको दुर्घटनामा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो ।

प्रतिक्रिया