सामूहिक बलात्कारको आरोपमा तीनकुनेबाट एक कानुन व्यवसायी पक्राउ


जनकपुरधाम — सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका एक कानुन व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय छन् ।

उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरी धनुषा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

आज धनुषा जिल्ला अदालतमा पेस गरेर म्याद थप गरिने तयारी रहेको प्रहरीले जनाएको छ ।

अधिवक्ता रायसहित तीनजनाले धनुषाकै एक महिलालाई सामूहिक बलात्कार गरेको प्रहरीमा जाहेरी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता दर्ता भएको छ ।

बिहान कुहिरो लागेको मौका छोपी अधिवक्ता रायसहित ३ जनाको समूहले जबर्जस्ती करणी गरेको जाहेरीमा पीडितले उल्लेख गरेकी छन् ।

पीडितले त्यसबेला नै इलाका प्रहरी कार्यालय महानगरमा उजुरी दिंदा दर्ता भएको थिएन । पीडित पक्ष उच्च अदालतमार्फत परमादेश ल्याएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो ।

प्रतिक्रिया