
तोलामै ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आइतबार १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री भएको छ ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएकोमा आइतबार २ हजार ३१० रुपैयाँ कायम भएको छ ।



कागजपत्र |
