सर्लाहीमा गोली हानी शिक्षकको हत्या


धनुषा — सर्लाहीको हरिपुरवामा गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ ।

हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार राति साढे ८ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।

उनलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको डीएसपी राईले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया