राहत शिक्षक नियुक्तिमा नक्कली प्रमाणपत्र प्रयोग, अशोक साह दोषी


काठमाडौं – विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षक पदमा नियुक्ति लिएको ठहर गर्दै अशोक कुमार साहलाई दोषी ठहर गरेको छ।

अदालतले साहलाई दोषी ठहर गर्दै ६ महिना कैद सजायसहित १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो। विशेष अदालतका सदस्य न्यायाधीश तेजनारायण सिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले २०८१ साल जेठ २२ गते दर्ता भएको मुद्दामा शुक्रबार निर्णय सुनाएको हो।

अदालतको फैसलामा उल्लेख भएअनुसार, साहले २०६९ कात्तिक २५ गते राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षकका रूपमा नियुक्ति पाउँदा भारतको कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट प्राप्त सन् २००४ को नवीन उत्तरमध्यमा प्रमाणपत्र पेस गरेका थिए। तर, उक्त शैक्षिक कार्यक्रम सो विश्वविद्यालयमा दर्ता नै नरहेको प्रमाणित भएको अदालतले जनाएको छ।

प्रतिक्रिया