
नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित
काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ।
शुक्रबार डार्विनमा सम्पन्न खेलमा एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन जोड्दा गुलशन झाले २६ र कप्तान रोहित पौडेलले २३ रनको योगदान दिए। बलिङतर्फ एनटीका म्याट हामोन्डले ३ विकेट लिए भने टम एन्ड्रयुज र केन रिचार्डसनले २–२ तथा हामिश मार्टिनले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एनटी स्ट्राइकले २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनाएको थियो। कप्तान तथा ओपनर डार्सी शर्टले ५१ रनको अर्धशतक प्रहार गर्दा टम एन्ड्रयुजले अविजित ३२ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिँदा शाहब आलमले २ तथा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र कप्तान पौडेलले १–१ विकेट लिएका थिए।
नेपालले अब शनिबार बंगलादेश ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।



कागजपत्र |
