
नक्कली ‘व्याकुल माइला’ बनेर ठगी गर्ने युवक पक्राउ
इटहरी – राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई ‘व्याकुल माइला’ बनेर ठगी गर्दै हिँडेका उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का मिलन राईलाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ।
उनी विभिन्न सरकारी कार्यालयमा आफू व्याकुल माइला भएको दाबी गर्दै पुस्तक बिक्री र पैसा असुल्ने, सम्मान पाएको भनी विश्वास दिलाई ठगी गर्ने गरेका थिए। यसअघि पनि यस्तै आरोपमा पक्राउ परे पनि माफी पाएर रिहा भएका थिए।
संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीका अनुसार दुई महिनादेखि खोजीमा रहेका उनलाई बिहीबार इटहरी उपमहानगरमा किताबको पैसा लिन आएको बेला नियन्त्रणमा लिइयो।
रचयिता प्रदीपकुमार राईले यस घटनाले आफ्नो मानमर्दन मात्र नभई राष्ट्रकै अपमान भएको प्रतिक्रिया दिएका छन्। यसअघि मिलनले प्रदीपविरुद्ध विभिन्न निकायमा उजुरी दिएर भत्ता र सुविधा माग्ने कामसमेत गरेका थिए।



कागजपत्र |
