डेंगु संक्रमणबाट एक जनाको मृत्यु


काठमाडौं- डेंगु संक्रमणका कारण काठमाडौं कालीमाटीका २४ वर्षीय एक युवकको मृत्यु भएको छ। अस्पतालका अनुसार यस वर्ष नेपालमा डेंगुबाट मृत्यु भएको यो पहिलो घटना हो।

टेकुस्थित अस्पतालमा उपचाररत अन्य चार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए।

गत पुषदेखि हालसम्म देशभर डेंगु संक्रमितको संख्या २ हजार ९८४ पुगेको छ। इडिसिडीका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जनामा डेंगु पुष्टि भएको छ भने पछिल्लो एक सातामा १६८ नयाँ संक्रमित थपिएका छन्।

हाल डेंगु ७४ जिल्लामा फैलिएको छ। सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८८२ संक्रमित भेटिएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ५५ जना मात्र डेंगु पीडित छन्।

प्रतिक्रिया