वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ४ जना काठमाडौंबाट पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने आरोपमा चार जना राजधानीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा घर भएकी ४३ वर्षीया अञ्जु कोइराला, भक्तपुर बस्दै आएका १९ वर्षीय आभास कोइराला, रामेछाप घर भएकी ३० वर्षीया चित्रकुमारी बस्नेत र दाङ घर भएका ४९ वर्षीय सुनिल विक रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। अञ्जुले माल्टा पठाउने बहानामा तीन जनालाई ठगेको खुलेको छ।

चित्रकुमारी बस्नेतले मौरिसस पठाइदिने प्रलोभनमा पारेर २२ लाख रुपैयाँ ठगेकी थिइन्। आभास कोइरालाले १३ लाख रुपैयाँ ठगी गरेको र सुनिल विकले अमेरिका पठाउने भन्दै ५६ लाख १५ हजार रुपैयाँ हातपारेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया