
जग्गा पूर्जा बनाउन १३ हजार घुस लिँदालिँदै नापी कार्यालयका कर्मचारी पक्राउ
काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित जग्गाको नयाँ पूर्जा बनाउन घुस मागेको आरोपमा नापी कार्यालय कलङ्कीका एक कर्मचारी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिँदालिँदै कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई सोमबार नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार सो प्रकरणमा कार्यालय प्रमुख र सर्भेक्षकको मोबाइलसमेत नियन्त्रणमा लिइएको छ। कुँवरलाई कार्यालय परिसरमै घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए। घटनामा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



कागजपत्र |
