
४ सय रुपैयाँमा शवको अंग र खरानी दिएको पशुपतिका घाटेकाे बयान
काठमाडाैं- पशुपति आर्यघाटमा जलिरहेको शवबाट मासुको टुक्रा र खरानी दिएको आरोपमा पक्राउ परेका घाटे ब्राह्मण गणेशप्रसाद ढकाल र उनका सहयोगी विनायक मैनालीले प्रहरीसमक्ष आरोप स्वीकार गरेका छन्। उनीहरूले एक अज्ञात व्यक्तिले ‘भगवानको पूजा’ गर्ने भन्दै ४ सय रुपैयाँ दिएर कान्छी औँलाको टुप्पोको सानो भाग र खरानी मागेपछि सानो कपुरको बट्टामा हालेर दिएको बयान दिएका हुन्।
घटना गत शुक्रबार काभ्रे, बनेपाका राम शाहीको दाहसंस्कारको क्रममा भएको हो। मृतकका आफन्तले घटना देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीका अनुसार ती व्यक्तिको खोजी जारी छ भने पक्राउ परेकामाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको छ।
पशुपतिक्षेत्र विकास कोषले घटनापछि शव सुरक्षाबारे योजना बनाउनुपर्ने बताएका छन्।



कागजपत्र |
